नेपालमा थरीथरीका कलासाधक, संस्कृति संरक्षक र नेपाली माटाको मायाले ओतप्रोत भएका अनगिन्ती प्रतिभा आ–आफ्नो क्षेत्रबाट क्रियाशील छन् ।
नेपाली लोकबाजा र लोकधुनका यस्तै एक प्रतिभा हुन् ७८ वर्षे वीरबल श्रेष्ठ । ‘टुरिस्ट गाइड’ पेशा अँगाल्दै जीविका चलाइरहेका श्रेष्ठ विगतमा आफूले दुई–दुईवटा विद्यालयमा हेडमास्टरको भूमिका निर्वाह गरिसकेको बताउँछन् ।
इतिहास र संस्कृतिमै स्नातकोत्तर गरेको बताउने वीरबलका दुई प्रस्तुति सहकर्मी रामेश्वर तिमल्सिनाको छायांकन र सम्पादनसहित हेर्नोस् भिडियोमा ।