newskoseli.Com

म्यान्चेस्टर युनाईटेडमा अब मौरिन्होलाई प्रशिक्षक बनाइने

इङ्गलिस फुटबल क्लव म्यान्चेस्टर युनाईटेडले आगामी सिजनमा जोजे मौरिन्होलाई प्रशिक्षक बनाउने भएको छ ।

पुर्व चेल्सी प्रशिक्षक मौरिन्होलाई जिम्मेवारी दिने विषयमा सैद्धान्तिक सहमति जुटिसकेको दावी बीबीसीले गरेको छ । बीबीसीका अनुसार म्यान्चेस्टर युनाईटेडले हालका प्रशिक्षक लुईस भान हालको ठाँउमा जोजे मौरिन्होलाई नयाँ प्रशिक्षकको रुपमा छिट्टै घोषणा गर्दैछ ।

म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेसविचको एफ.ए कप फुटबलको फाईनल खेल पुर्व नैं मौरिन्होलाई प्रशिक्षक बनाउने निर्णय भईसकेको दावी गरिएको छ ।

५३ वर्षीय पोर्चुगिज प्रशिक्षक मौरिन्होलाई गत सिजनको बिचमै चेल्सीले बर्खास्त गरेपछि उनी हाल कुनैपनि क्लवसँग आवद्ध छैनन् ।

चेल्सी, ईन्टर मिलान, रियाल मड्रिड, एफ.सी पोर्टो लगायतका क्लवलाई घरेलु तथा युरोपियन उपाधि जिताइसकेका मौरिन्हो समकालिन विश्व फुटबलमा सर्वाधिक सफल प्रशिक्षकमध्येका एक मानिन्छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर