newskoseli.Com

आइपिएलमा गुजरात र राइजिङ पुणे विजयी

इन्डियन प्रिमियर लिग क्रिकेट आईपिएल अन्तर्गत शनिबार राती सम्पन्न खेलहरुमा गुजरात लायन्स र राईजिङ पुणे सुपरजाइन्ट्स विजयी भएका छन् ।

कानपुरमा भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ विकेटले हरायो । पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

मुम्बईका लागि नितिश रानाले ७० रन तथा जोस बट्लरले ३३ रन जोडे । जवाफमा १ सय ७३ रनको लक्ष्य गुजरातले खेलमा ७ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

गुजरातको जितमा सुरेश रैनाको ५८ रन, ब्रेण्डन म्याक्कुलमको ४८ रन तथा ड्वेन स्मिथको अविजित ३७ रन महत्वपुर्ण रह्यो । जितसँगै गुजरातले लिग चरणमा शिर्ष दुई स्थानमा पर्ने पक्का गरेको छ ।

१४ खेलबाट उसको १८ अंक भएको छ भने एक खेल कम खेलेको सनराइजर्स हैदरावाद १६ अंकको साथ दोस्रो स्थानमा छ ।

आईपिएल क्रिकेट अन्तर्गत शनिबार राती भएको अर्को खेलमा राइजिङ पुणे सुपरजाईन्ट्सले किङ्स इलेभने पञ्जावलाई ४ विकेटले हराएको छ ।

खेलमा पञ्जावले दिएको १ सय ७३ रनको लक्ष्य पुणेले ६ विकेट गुमाएर अन्तिम बलमा पुरा ग¥यो । पुणेलाई जिताउन कप्तान महेन्द्र सिंह धोनीले अन्तिम ओभरमा तीन छक्का र एक चौका प्रहार गरे ।

तर प्रतियोगिताको लिग चरणबाटै बाहीरिसकेका यी दुई टोलीहरु पुणे र पञ्जाववीचको खेलको निर्णयले प्ले अफ् पुग्ने समिकरणलाई भने कुनै प्रभाव पारेन् ।

आईपिएल क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज प्ले अफ्मा ठाँउ पक्का गर्ने अभियानमा रहेका हैदरावाद र कोलकाता तथा दिल्ली र बैंग्लोरविच खेल हुनेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर