newskoseli.Com

नेपाललाई ३ सय ८१ रनको लक्ष्य, जिम्बावेको ‘खतरनाक’ ब्याटिङ…

एकदिवसीय विश्वकप छनौट अन्तर्गत जिम्बावेविरुद्ध पहिलो खेलमा खराब सुरुआत गरेको नेपालले ३ सय ८१ रनको लक्ष्य पाएको छ ।

जिम्बाबेको रन रेट ७ दशमलव ६ रह्यो । ५० ओभरको खेलमा जिम्बाबेले ६ विकेटको क्षतिमा ३ सय ८० रन बनाएको छ ।

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट लिए । सन्दिप लामिछाने र ललित राजवंशीले १–१ विकेट लिए । टस जितेर पहिलो ब्याटिङ गरिरहेको जिम्बावेका २ ओपनर नेपाली बलरमाथि हावी भए ।

त्यसै बेला सन्दिप लामिछानेले खतरनाक देखिएका सेपास झुवाआलाई आउट गरे । आउट हुनुअघि उनले २३ बलमा ४१ रन मात्र बनाएका थिए । यस क्रममा उनले ४ छक्का र ३ चौका हिर्काए ।

१७ रन बनाएर ह्यामिलटन मसकाड्जा उनको बलमा कट एन्ड बोल्ड भए । १५ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा जिम्बाबेले १ सय २० रन बनाएको छ । जिम्बावेले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

आयोजक राष्ट्र जिम्बाबे एकदिवसीय र टेस्ट मान्यता प्राप्त राष्ट्र हो भने नेपाल एसोसिएट राष्ट्र हो । सन् २०१७ को सेप्टेम्बरमा आर्इसीसी एकदिवसीय वरियताको आठौं स्थानमा समावेश नभएपछि जिम्बाबेसँगै वेस्टइन्डिजले विश्वकप छनोट खेल्नुपरेको हो ।

नेपालले भने आर्इसीसी विश्व डिभिजन– २ को उपविजेताका रूपमा प्रतियोगिता खेलिरहेको छ । नेपाल र जिम्बाबे समूह ‘बी’ मा छन् । नेपाल र जिम्बाबे पहिलो पटक आमने–सामने भएका हुन् ।

आर्इसीसीको नजरमा ‘नयाँ अफगानिस्तान’ को उपमा पाएको नेपालले विश्व क्रिकेट लिग डिभिजन टुमा उत्कृष्ट प्रदर्शन गर्‍यो । छनोट खेलअघि नेपालले पहिलो खेलमा युएईलाई ५ विकेटले हराउँदै उच्च मनोबलका साथ मैदानमा उत्रँदैछ ।

वर्षाका कारण नेपाल र हङकङबीचको अभ्यास खेल भने रद्द भयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर