newskoseli.Com

आईसीसी छनोटः दिपेन्द्रको ‘अलराउन्ड’ प्रदर्शन, पीएनजीमाथि नेपालको शानदार जित

एकदिवसीय आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले प्लेअफमा पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराउँदै एकदिवसीय मान्यताका लागि आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ ।

नेपालले ४ विकेटको क्षतिमा २३ ओभरभित्रै पीएनजीले दिएको १ सय १५ रनको लक्ष्य पार गर्‍यो । ५८ बलमा ४ चौका र ३ छक्का प्रहार गरेरे पीएनजी विरुद्धको जितमा दिपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे । उनले २३ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै टिमलाई जिताए भने रोहितकुमार पौडेलले नटआउट रहेर ३ रन जोडे ।

ऐरीसँग ६७ रनको साझेदारी गरेका आरिफ शेखले २६ रनको योगदान दिए । आरिफ र दीपेन्द्रबीच चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

सदा झैं यस पटक पनि नेपालको सुरुआत भने खराब नै रह्यो । तेस्रो ओभरमा दुवै ओपनर गुमाएको नेपाललाई पारस खड्काले केही उकासे । ओपनरद्वय ज्ञानेन्द्र मल्ल १ रनमा तथा अनिल साह ९ रनमा पेवेलियन फर्किए ।

कप्तान पारस खड्का सातौं ओभरमा २० रन बनाएर आउट भएपछि नेपाल दबाबमा परे पनि त्यसपछि ऐरी र शेखले सम्हालिएर खेल्दै नेपाललाई विजयी गराए । जिम्बावेको हरारेस्थित हरारियन स्पोर्टस् क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको पीएनजी २७।२ ओभरमा १ सय १४ रनमा अलआउट भयो ।

नेपालका लागि सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४–४ विकेट लिए भने करण केसी र सोमपाल कामीले १–१ विकेट हात पारे । बिहीबारकै प्लेअफको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएमा नेपालले स्वतः एकदिवसीय मान्यता पाउनेछ । तर, हङकङ विजयी भएमा भने एकदिवसीय मान्यताका लागि शनिबार नेपाल र हङकङबीच भीडन्त हुनेछ अनि त्यसमा विजयी टिमले नै एकदिवसीय मान्यता पाउनेछ ।

आईसीसीको ट्विटमा यस्तो छ दिपेन्द्रसिंह ऐरी र यस खेलबारे टिप्पणी–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर