newskoseli.Com

आईसीसी वर्गीकरण : नेपाल र नेदरल्याण्डस् ‘सी’ ग्रेड, हङकङ र पीएनजी ‘डी’ ग्रेड

आईसीसी वर्गीकरण अनुसार विश्वकप छनोटमा नेपालले ‘सी’ ग्रेड पाएको छ ।

विश्वकप छनोटमा आठौं स्थान हासिल गरेको नेपालको सम्पूर्ण रिपोर्ट कार्ड सार्वजनिक गर्दै आईसीसीले ‘सी’ ग्रेड प्रदान गरेको हो ।

समूह चरणका ४ खेलमध्ये नेपालले ३ मा हार र १ मा जित हात पारेको थियो । हङकङसँगको खेलमा नेपालले जित हासिल गरे पनि जिम्बावे, स्कटल्याण्ड र अफगानिस्तानसँग नेपाल पराजित भएको थियो ।

प्लेअफमा नेपालले पपुवा न्युगिनीलार्इ ६ विकेटले पराजित गर्दै एक दिवसीय मान्यता पाएको छ । सातौं स्थानका लागि शनिबार भएको खेलमा भने नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भयो । यी ६ खेलमध्ये नेपालले २ खेलमा जित र ४ खेलमा हार व्यहोरेपछि आईसीसी वर्गीकरणमा नेपालले ‘सी’ ग्रेड पाएको हो ।

त्यसैगरी, नेदरल्याण्ड्सले पनि ‘सी’ ग्रेड पाएको छ भने हङकङ र पपुवा न्युगिनी ‘डी’ ग्रेडमा वर्गीकृत भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर