newskoseli.Com

सुबोध र भटभटेको ‘आइडिया सेन्टर’ (भिडियोसहित)

‘स्ट्याण्डअप कमेडी’ मा आफूलाई चिनाउन सफल सुबोध गौतम र हास्यटेलीश्रृंखला ‘मेरी बास्सै’ का चर्चित कलाकार बेगम नेपाली अर्थात् ‘भटभटे माइला’ को ‘आइडिया सेन्टर’ हालै युट्युब च्यानलमा रिलिज भएको छ ।

धुर्मुस–सुन्तली युट्युब च्यानलमार्फत हरेक शुक्रबार सार्वजनिक हुने गरी कलाकारद्वयले हास्य प्रस्तुति–श्रृंखलाको निर्माण थालेका हुन् ।

समाजमा घटेका, घट्ने र घटिरहने घटनाहरूलाई रमाइलो ढंगले व्यङ्ग्यमार्फत यस श्रृंखलामा निरन्तर प्रस्तुत गरिने जानकारी कलाकार गौतमले न्युजकोसेलीलार्इ दिएका छन् ।

श्रृंखलाका लागि सुबोध गौतम आइडिया दिने मान्छे हुन् भने बेगम चाहिँ त्यहाँको कर्मचारी हुन् । सुबोधले भने– ‘समाजमा घट्नु नपर्ने जो घटना घटिरहेका हुन्छन्, त्यस्ता घटनालाई घटाउने (कम गराउने) उद्देश्यले नै आइडिया सेन्टर निर्माण गरिएको हो ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर