newskoseli.Com

लाहुरे भैयो, छोडेर आइयो… (क्रान्तिकारी गीत–भिडियो)

जनवादी गीत–संगीतको क्षेत्रमा लामो समयदेखि क्रियाशील जनसंस्कृतिकर्मी चिरन पुन, टेकबहादुर बलम्पाकी र आशिष अविरलको मेहनतबाट ‘लाहुरे भैयो, छोडेर आइयो’ शीर्षक क्रान्तिकारी गीत हालै बजारमा आएको छ ।

पुनको रचना र संगीत एवं बलम्पाकीको स्वरलहरीमा सजिएको यस गीतलाई अविरलले एरेन्ज गरेका हुन् । यसअघि पनि थुप्रै क्रान्तिकारी गीत–संगीत सिर्जना गरिसकेका जनकलाकारहरूले तयार पारेको यस गीत नेपालमा रोजगारी नपाएर विदेशिएका युवाहरूमा पलाएको क्रान्तिकारी मनोभावमा आधारित रहेर संरचित गरिएको छ ।

उदात्त क्रान्तिकारी भावावेग पोखिएको गीतमा भनिएको छ–

लाहुरे भैयो, छोडेर आइयो नेपालमा जहान–बालालाई
यस्तै रैछ अर्काको भूमि, कुल्ली–चौकीदारलाई

पानी माग्दै चिच्याउँदा, ऐया आमा भनेर ढल्दा
जंगलको बीचमा परी, आकाशबाट बम–गोला खस्दा
सम्झना आयो स्वदेशको, लडाइँको मैदानमा पर्ला कि
एउटै गाउँको संगी–साथी गोली लागी मर्ला कि

अर्काको भूमिमा रगतको भेल, बमको वर्षा हुँदाखेरी
साथीभाइहरु कहाँ पुगे होलान् भोकै–प्यासै लड्दाखेरी
आफ्नै देशमा काम पाउने भए विदेशमा किन आउँथ्यौं र
दलाल सत्ताले सोचेको भए, यो दुःख किन पाउँथ्यौं र

के पायौं आज लाहुरे बनी, सीमाना पारि विदेश आई
रुँदै होलान् जहान–बाला, एक पेट पनि खान नपाई
कसम खाँदै फालिदिउँ वर्दी, नलडौं अब विदेशमा
आफ्दै भूमिमा जनक्रान्ति गर्न, फर्किदिउँ अब स्वदेशमा
लाहुरे भैयो…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर