newskoseli.Com

गायक अनिलका ८ गीत समेटिएका २ एल्बम सार्वजनिक

चर्चित गायक अनिल लामाका दुई गीतिएल्बम सार्वजनिक भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सांसद जिपछिरिङ लामा र पूर्वसांसद तिर्थ लामाले संयुक्त रुपमा दुई एल्बमको विमोचन गरे ।

‘माउन्टेन हार्ट’ र ‘लभ वेज’ नामक दुई एल्बमा ८ वटा गीतहरु समेटिएको जानकारी गायक अनिलले न्युजकोसेलीलाई दिएका छन् । गायक लामाका अनुसार दुवै एल्बमका एक–एकवटा गीतको म्युजिक भिडियो बनाइएको छ ।

‘नयाँ संविधान कार्यान्वयन भएर स्थानीय, प्रादेशिक तथा संघीय चुनाव समेत सम्पन्न भई अब राजनीतिले निकास पाएको छ’, कार्यक्रमलाई सम्बोधन गर्दै सांसद जिपछिरिङ लामाले भने– ‘अब सबै क्षेत्रका प्रतिभाहरुले आ–आफ्नै क्षेत्रबाट मुकुमा शान्ति, स्थायित्व र समृद्धिका लागि काम गर्नुपर्छ ।’

सबै क्षेत्रका मान्छेले आ–आफ्नै विषय, विधा र माध्यमबाट राजनीतिमा चासो राख्ने र क्रियाशील हुने कुरामा ध्यान दिनुपर्नेमा लामाले जोड दिए ।

‘स्वरसम्राट नारायणगोपाल, गोपाल योञ्जन, अरुणा लामाजस्ता पूर्वजहरुले हुर्काएको नेपाली गीत–संगीतको धरोहर बचाउन र यसलाई अझै माथि उठाउन युवा पुस्ताका अनिल लामाहरुले सफलता पाऊन्’, कांग्रेसका पूर्वसांसद तिर्थ लामाले भने– ‘हामीले धेरै लामो इतिहास हेर्नु पर्दैन, १० वर्षे जनयुद्धका क्रममा जनवादी गीत–संगीतको भरपूर प्रयोग र विकास गरेर माओवादी पार्टीले संगठन निर्माण एवं विस्तारमा हासिल गरेको सफलताबाट मात्रै पनि गीत–संगीतको क्षमता र महत्त्व कस्तो छ भन्ने कुरा राम्रोसँग बुझ्न सकिन्छ ।’

गायक अनिलकै सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सिन्धु मोक्तानले गरिन् । खेल प्रशिक्षक रेशम लामा, दर्जनौ गायक–गायिक, संगीतसाधक र सञ्चारकर्मी सहभागी कार्यक्रममा एल्बम तयार पार्न विभिन्न तवरले सहयोग पुर्‍याउनेहरुलाई ‘मायाको चिनो’ समेत प्रदान गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर