newskoseli.Com

नेपाल टेलिभिजनमा ‘दुईजिब्रे’… !

नेपाल टेलिभिजनबाट नयाँ हास्य टेलिटेलिश्रृंखला ‘दुईजिब्रे’ को प्रसारण सुुरु भएको छ । नयाँ वर्षको सुरुअातसँगै बुधबारदेखि प्रसारणमा आएको ‘दुईजिब्रे’ प्रत्येक साता बुधबार ८ः५० मा प्रसारण हुनेछ ।

यसअघि ‘एनटीभी प्लस’ बाट २२ श्रृंखलासम्म प्रसारण भएर रोकिएको ‘दुईजिब्रे’ लोकप्रिय हुदाँहुदै रोकिएको निर्माताहरुको भनाइ छ । बुधबारदेखि नेपाल टेलिभिजनबाट २३औं भागको प्रसारण सुरु भएको हो ।

यस श्रृंखलामा प्रकाश कोइराला, अनुपम पौडेल, विमल पाठक, दुर्गा भण्डारी, प्रज्ञात केसी, अनिता गौतम, मिलन राई, सबिता खड्का, आशिका बस्नेतलगायतले अभिनय गरेका छन् ।

दुर्गा भण्डारी निर्माता रहेको यस श्रृंखलाको लेखन प्रकाश कोइराला, तथा मुख्य सहायक निर्देशन अनुपम पौडेल र निर्देशन सागर खड्काले गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर