newskoseli.Com

आ.व. ०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडा (लाइभ)

 

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

अपराह्न ४ बजे बोलाइएको संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा संविधानको धारा ११९ अनुसार अर्थमन्त्री डा. खतिवडाले राजस्व र व्ययको अनुमान प्रस्तुत गरिरहेका छन् । उनले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने रकमहरूको विवरण प्रस्तुत गर्दैछन् ।

संविधानबमोजिम वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्च अनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने हुन्छ ।

अर्थमन्त्री डा.  खतिवडाले यसै बैठकमा विनियोजन विधेयक २०७५, आर्थिक कार्यविधि सम्बन्धी विधेयक २०७५ र राष्ट्र ऋण उठाउने विधेयक २०७५ समेत पेस गर्दैछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर