newskoseli.Com

यी हुन् बढी कमाउने ५ खेलाडी : मेस्सीले उछिने रोनाल्डोलाई

 

सबैभन्दा बढी कमाउने खेलाडीको सन् २०१८ मा सूचीमा बार्सिलोनाका अर्जेन्टेनी स्टार लियोनल मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको रिपोर्टअनुसार मेस्सीको यस वर्षको कमाई ११ करोड अमेरिकी डलर छ । यसअघिका लगातार २ वर्ष धेरै कमाउने खेलाडीको शीर्ष स्थानमा रहेका रोनाल्डोको कमाइ १० करोड ८० लाख डलर छ ।

खेलाडीमध्ये धेरै कमाउने सूचीको शीर्ष स्थानमा अमेरिकी बक्सर फ्लोइड मेवेदर छन् भने सूचीको दोस्रो स्थानमा मेस्सी र तेस्रो स्थानमा रोनाल्डो छन् । यसअघि सन् २०१५ मा पनि फोर्ब्सको शीर्ष स्थानमा रहेका कोनोर म्याकग्रेगरसँगको ‘फाइट’ जितेका मेवेदरले आफ्नो आम्दानी निकै बढाएर २८ करोड ५० लाख डलर पुर्‍याए ।

९ करोड ९० लाख डलर कमाएका कोनोर म्याकग्रेगर भने यसपालि चौथो स्थानमा झरेका छन् र ब्राजिलियन स्टार नेइमार पाँचौ स्थानमा छन् । पहिलो पटक शीर्ष १० भित्र पर्न सफल नेइमार गत सिजन बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पीएसजी सरेका थिए । नेइमारले यस वर्ष ६ करोड ७३ लाख डलर कमाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर