newskoseli.Com

ब्राजिलले २–० ले जित्यो कोस्टारिकालाई

 

विश्वकप– २०१८ को रसियामा जारी खेलमा शुक्रबार साँझ ब्राजिलले कोस्टारिकाविरुद्व अन्तिम समयमा २ गोल गर्दै जित हासिल गरेको छ ।

९१औं मिनेटमा ब्राजिलका खेलाडी फिलिप कोन्टिन्होले पहिलो गोल गरेलगत्तै ‘गोल स्टार’ भनिने स्ट्राइकर नेइमारले खेलको ९७औं मिनेटमा दोस्रो गरे । निर्धारित समयसम्म दुवै पक्षले गोल गर्न नसकेपछि ब्राजिलले अतिरिक्त समयमा दुवै गोल गरेको हो ।

कोस्टारिकाविरुद्धको खेलमा ७९औं मिनेटमा नेइमारलाई लडाएपछि ब्राजिलले पाएको कोस्टारिकाविरुद्धको पेनाल्टीलाई भिडियो असिस्टेन्ट रेफ्रीले उल्टाइदिए । कोस्टारिकाको डी–बक्समा नेइमारलाई लडाएको भन्दै मुख्य रेफ्रीले पेनाल्टी दिएका थिए ।

नेइमार पेनाल्टी हान्न तयार भैसके तापनि भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी दिने निर्णय उल्टाइदिएपछि खेलको ८१औं मिनेटमा ब्राजिलका नेइमार र काउटिन्होलाई रेफ्रीले यल्लो कार्ड देखाए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर