newskoseli.Com

विश्वकप– २०१८ः बिहीबार लिग चरणका अन्तिम ४ खेल

 

विश्वकप– २०१८ अन्तर्गत बिहीबार लिग चरणका अन्तिम ४ खेल हुँदैछन् । समूह ‘जी’ र ‘एच’ का चार खेल सकिएसँगै लिग चरण पनि सकिँदैछ ।

भोल्गोग्राद एरिनामा बेलुकी पौने ८ बजे जापान र पोल्याण्डबीच भिडन्त हुँदैछ भने सोही समयमा सामरा एरिना रंगशालामा सेनेगल र कोलम्बियाबीच भिडन्छ हुनेछ । जापान र सेनेगलसँग ४–४ अंक छ ।

३ अंक रहेको कोलम्बिया अर्को चरणमा उक्लिने प्रयासमा छ भने पोल्यान्ड बाहिरिइसकेको छ । जापान र सेनेगलले बराबरी मात्रै गरे पनि अर्को चरणमा पुग्नेछन् भने कोलम्बियालाई चाहिँ जित्नैपर्ने दबाब छ ।

राति पौने १२ बजे मोरदोभिया एरिना रंगशालामा ट्युनिसिया र पानामाबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङल्यान्डबीच भिडन्त चल्नेछ । यस खेलले बेल्जियम र इङल्यान्डमध्येबाट समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

इङल्यान्डले आफ्नो पहिलो खेलमा ट्युनिसियालाई २–१ र दोस्रो खेलमा पानामालाई ६–१ गोलले पराजित गरेको थियो । बेल्जियमले भने पहिलो खेलमा पानामालाई ३–० र ट्युनिसियालाई ५–२ गोलले पाखा लगाएको थियो ।

पहिलो पटक विश्वकप खेलिरहेको पानामा र ट्युनिसिया तुलनात्मक रुपमा कमजोर देखिएकाले इङ्गल्याण्ड र बेल्जियमबीचको खेल दुवै टोलीका लागि आ–आफ्नो क्षमता जाँच्ने महत्त्वपूर्ण अवसर हुने भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर