newskoseli.Com

नेयमारले भने : मेरो ‘अस्वाभाविक हाउभाउ’ बाल्यकालदेखिकै

 

विश्प्रशिद्ध ब्राजिलियन फुटबल खेलाडी नेयमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृत्रिम अभिनय’ बारेको आलोचनाको प्रतिवाद गरेका छन् ।

खेलका क्रममा ‘अस्वाभाविक हाउभाउ’ आफ्नो बाल्यकालदेखिकै गुण भएको प्रतिक्रिया उनले दिएका छन् । ब्राजिलियन फुटबलका टिमका टोलीनेता (क्याप्टेन) समेत रहेका नेयमारले हालै रसियामा सम्पन्न विश्वकपमा ‘अस्वाभाविक अभिनय’ गरेको भनी विश्वभरबाट आएको आलोचनालाई सम्बोधन गर्दै भने– ‘खुट्टाका नलीमा जुत्ताको चोट लाग्दा, मेरुदण्डमा ठक्कर लाग्दा, खुट्टामा विपक्षी साथीहरूको पैतालाले कुल्चिँदा म जमिनमा ढल्नु स्वाभाविक कुरा हो ।’

‘पीडाका कारण म जमिनमा ढल्दा कसैलाई अस्वाभाविक लागेको हुन सक्छ वा दर्शकले यसलाई अस्वाभाविक अभिनय भन्नुभयो होला’ एक टेलिभिजन कार्यक्रममा बोल्ने क्रममा नेयमारले भनेका छन्– ‘तर, यो मेरो बाल्यकालदेखिकै बानी हो ।’

पेरिस सेन्ट जर्मनका फरवार्ड खेलाडी नेयमारले पोर्चुगाली भाषामा भने– ‘तपाईंहरू सबैले सोच्नुहोला, खेलको समय म धेरै नै लडें तर वास्तवमै म लडेको हो, अभिनय गरेको होइन । हुन सक्छ, खेलको समयमा मैले शरीरलाई केही सन्तुलित पार्न सक्नुपर्थ्यो, त्यो सक्दिन, यो मेरो स्वाभाव नै बनिसकेको छ । यसबाट मलाई नै खुट्टाको गोलीगाँठामा चोट लागेको छ र फेब्रुअरीमा शल्यक्रिया नै गर्नुपरेको थियो ।’

‘जतिबेला म लड्छु नि, यो मैले एउटा अभिमानी बालकले जस्तो गलत धारणा राखेर लडेको होइन तर मले अझैसम्म पनि मेरो समस्यालाई व्यवस्थापन गर्न सिकिसकेको छैन,’ नेयमारले भने– ‘मभित्र त्यहाँ अझै पनि केटाकेटीपन रहेको छ र कहिलेकाहीं यसले विश्वलाई नै दिग्भ्रमित पारिदिँदो रहेछ ।’ नेयमार भन्छन्– ‘तपाईंहरूको आलोचनाले मलाई मेरो कमजोरी सच्याउने अवसर मिल्छ, यसबाट ब्राजिलको फुटबल क्षेत्रलाई पनि सुध्रने अवसर प्राप्त हुनेछ ।’

गत हप्ता एएफपीलाई दिएको अन्तर्वार्तामा ब्राजिलियान फुटबल स्टार नेयमारले विश्वकपमा ब्राजिलको अनपेक्षित हारले आफूलाई कहिलेकाहीं बललाई नै नहेरौं जस्तो लाग्ने गरेको वा अब फुटबल नै नखेलौं जस्तो लाग्ने गरेको समेत खुलासा खुलासा गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर