newskoseli.Com

एशियाकप छनोट क्रिकेट : नेपालले जित्यो मलेशियालाई, फाइनलमा पुग्ने सम्भाना जीवित

एशियाकप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोट–शृंखलामा पहिलो जित हात पारेको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा नौ विकेट गुमाएर १६९ रन मात्र बनायो ।

मलेशियालाई १६९ रनमै सीमित गर्ने क्रममा नेपालका वसन्त रेग्मीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२, सागर पुन र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । मलेशियाका लागि मोहम्मद अनवरले ३४, सैद अजिज मुवारकले ३४, अहमेद फैज नुरले २२, भिरनदीप सिंहले २१, मोहम्मद रम्लीले १३ र सरभिन मुनियान्डीले १० रन बनाए ।

ययअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा दिपेन्द्रसिंह ऐरी र अरिफ शेषको अर्धशतकको मद्धतले ७ विकेटको क्षतिमा १८८ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले १३, अनिलकुमार साहले १६, दिपेन्द्रसिंह ऐरीले ५४, ज्ञानेन्द्र मल्लले ११, अरिफ शेषले नटआउट ६४ रनको योगदान गरे ।

खेल सुरु हुनुअघि बिहान भारी वर्षा भएपछि खेल ३० ओभरमा झारिएको थियो । नेपाल यसअघि १३ भदौमा ओमानसँग र १४ भदौमा युएर्इसँग पराजित भएको थियो । मलेशियामाथिको जितसँगै नेपालले छनोटको फाइनलमा पुग्ने सम्भाना जीवितै राखेको छ । शनिबारको यो जितसँगै नेपालले महत्त्वपूर्ण २ अङ्क समेत जोडेको छ । नेपालले आइतबार सिङ्गापुरसँग खेल्दैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर