newskoseli.Com

बङ्गबन्धु गोल्डकप फुटबल : समूह ‘ए’ मा नेपाल

बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा नेपाल ‘ए’ समूहमा परेको छ ।

बङ्गलादेश फुटबल महासङ्घले आइतबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेका छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।

पाँचौं संस्करणको उक्त प्रतियोगिता असोज १५ देखि २७ सम्म बङ्गलादेशको राजधानी ढाकामा चल्नेछ । बङ्गबन्धु कपको अघिल्लो संस्करण (सन् २०१६) को विजेता राष्ट्र हो नेपाल ।

बङ्गलादेशका ‘राष्ट्रपिता’ बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर