newskoseli.Com

हङकङसँग हार्‍यो नेपाल : एशियाकप क्रिकेट खेल्ने सपना चकनाचूर !

मलेसियामा जारी एशियाकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ ।

राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको हङकङले ३२ दशमलव ३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । यो हारसँगै एशियाकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचूर भएको छ । छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुआती २ खेलमा ओमन र युएर्इसँग पराजित भएको थियो ।

हङकङको जितमा कप्तान अंशुमन राथले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै १ छक्का र ३ चौकाको मद्दतमा ५२ रनको योगफल बनाए । हङकङका अर्का खेलाडी किन्चित शाहले ११ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए भने सागर पुन र वसन्त रेग्मीले १–१ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमभलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो ।

नेपालका आरिफ शेषले १८, अनिलकुमार साहले १५, वसन्त रेग्मीले १५, कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोड्नु बाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । सागर पुनले ७ तथा दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले २–२ रन बनाएर आउट भएका थिए भने सुरुआती ब्याट्सम्यान सुवास खकुरेल र सोमपाल कामीले खाता समेत खोल्न सकेनन् ।

हङकङका इहशान खानले ४ तथा तनवीर अफजल र मोहमद खानले समान २–२ विकेट लिएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर