newskoseli.Com

असोज ३ र ४ मा ‘राष्ट्रिय लाखेनाच प्रतियोगिता’ !

असोज ३ र ४ मा नारायणगढ बसपार्कमा छैटौं राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । प्रतियोगिता ‘लोकसंस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान, नेपाल’ को आयोजनामा हुन लागेको हो ।

प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता जनाउने भएका छन् । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्वको इलामदेखि सुदूरपश्चिमसम्मका समूह सहभागीता हुनेछन् । दुई दिन सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पाउने चार समूहले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने निर्वतमान अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिए ।

प्रतियोगिता सुरु हुनुअघि असोज ३ गते बिहान नारायणगढमा शोभायात्रा निकालिने छ । लोप हुँदै गएको संस्कृतिलाई जोगाउन र नयाँ पुस्तालाई सभ्यताको जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको ‘लोकसंस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान, नेपाल’ लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर