newskoseli.Com

नेपाल–भारतबीच एशिया कप क्रिकेटको प्रतिस्पर्धा हुने

बङ्गलादेशमा आयोजना हुने यु– १९ एशिया कपमा नेपालले आफ्नो उदघाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

शनिबारदेखि सुरु हुने उक्त प्रतियोगितामा टेस्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो ।

मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । त्यतिबेलाको प्रतियोगितामा नेपाल पहिलो पटक सेमीफाइनलमा पुग्न सफल भएको थियो । गत संस्करणको खेलमा भारत नेपालसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतियोगितामा नेपाल समूह– ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएर्इ) छन् । समूह– ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र हङकङ छन् ।

एशिया कप हुनुअघि भारतमा भएको एक दिवसीय सिरिजमा नेपाल भारतको ‘ए’ र ‘बी’ दुबै टोलीसँग पराजित भएको थियो । त्यस्तै, अफगानिस्तान विरुद्धको खेलमा भने नेपाल विजयी भएको थियो । त्यसपछि तेस्रो स्थानका लागि भएको भीडन्तमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

नेपाली टोलीमा कप्तानको भूमिका मोहम्मद आसिफ शेखले निर्वाह गर्नेछन् भने उपकप्तान कमलसिहं ऐरी छन् । टोलीका अन्य खेलाडीहरुमा रोहितकुमार पौडेल, रवि शाह, सूर्य तामाङ, पवन शर्राफ, रविन्द्रजङ्ग शाही, रासिद खान, भीम सार्की, तृतराज दास, सन्दिप जोरा, नन्दन यादव, रीत गौतम, सागर ढकाल र अरुण ऐरी छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने मनोज कटुवाल सहायक प्रशिक्षक छन् । दुबै समूहको शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर