newskoseli.Com

पाकिस्तानविरुद्ध नेपालको १२ गोल : रेखा एक्लैले गरिन् ७ गोल !

साफ यु– १८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यु– १८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले ७ गोल गरिन् । रेखाले खेलको चौथो, १७औं, १९औं, ३२औं, ३८औं, ७१औं र ७२औैं मिनेटमा गोल गरिन् । पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा सरु लिम्बूले १ गोल गरिन् ।

पहिलो हाफमा ६–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा ६ गोल गर्‍यो । नेपालका लागि ६७औं मिनेटमा रश्मिकुमारी घिसिङ, ८२औं मिनेटमा एलिसा जाम्बा, ८७औं मिनेटमा मञ्जलीकुमारी योञ्जन र खेलको अन्तिम मिनेटमा मनिषा राउतले १–१ गोल गरे ।

जितसँगै नेपालले महत्त्वपूर्ण ३ अङ्क समेत जोडेको छ । समूह ‘बी’ मा रहेको नेपाललले अब दोस्रो खेल मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ । समूहका २ टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूह ‘ए’ मा भारत, भूटान र श्रीलङ्का छन् ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् ।

हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकाश वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर