newskoseli.Com

छुमचौरमा बन्दै विश्वकै सबैभन्दा उचाइको खेलमैदान

जुम्ला सदरमुकाम खलङ्गाबाट पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको छुमचौरमा विश्वकै सर्वाधिक उचाइमा खेलमैदान बन्ने भएको छ । २ हजार ८ सय मिटर उचाइमा रहेको पातारासी गाउँपालिका– ३, छुमचौरस्थित मालिका मावि लोडचौरमा खेलमैदान बन्ने भएको हो ।

जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस’ मा विश्वकै अल्लो स्थानमा धान फल्ने स्थानका रुपमा रेकर्ड राखिएको छुमचौरमा खेलकुद मैदान बनाइँदै छ । अहिले यहाँ खेलकुद मैदान निर्माणका लागि मैदान सम्याउने काम भइरहेको छ । उनले भने– ‘सरकारको १५ लाख रुपैयाँ बजेटमा खेलमैदान सम्याइरहेका छौं, यसको डीपीआर पनि बन्दैछ, प्रतिवेदन आउन बाँकी छ ।’

कर्णाली प्रदेशमा खेलकुद गतिविधि बढाउनका लागि खेदकुद मैदान र रङ्गशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले खेलकुद मैदानको सम्भाव्यता अध्ययन सुरु गरिएको थियो ।

कर्णाली रङ्गशालाको निर्माणले एकातिर कर्णाली प्रदेशमा खेलजगतको पूर्वाधार तयार हुनेछ भने अर्कोतिर कर्णाली क्षेत्रलाई खेलकुद पर्यटनका रूपमा विकास गर्दै लैजान ठूलो अवसर प्राप्त हुने देखिन्छ । मालिका मावि लोडचौरमा ‘हाइअल्टिच्युट ट्रेडिङ सेन्टर’ को डीपीआर तयार भएपछि उक्त विद्यालयलाई कहाँ सार्ने भन्ने निर्णय हुने पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर