newskoseli.Com

चिनियाँ ‘हिरोइन’ लाई किन गरियो १२ करोड डलर जरिवाना ?

कर छली लगायतका अभियोगमा चिनियाँ ‘मेगास्टार’ फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफूमाथि आरोप लगेपछि जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोस्ट गर्दै माफी मागेकी छन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमाा उनीमाथि आपराधिक मुद्धा लाग्नेछैन । उनी चीनकै सबैभन्दा महँगी अभिनेत्री मानिन्छिन् ।

कर छल्नका लागि केही ‘फिल्म स्टार’ हरुले निर्माण कम्पनीसँग दुई खालको सम्झौता गर्ने गरेको बताइएको छ– एउटा, करमा देखाउनका लागि कम रकम देखाइएको र अर्को रकम बुझ्नका लागि यथार्थ रकम उल्लेखित रहेको । पछि कर तिर्दा उनीहरु कम रकम उल्लेख भएको सम्झौता देखाउने गर्छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर