newskoseli.Com

‘तुलसीको पात’ सार्वजनिक

रदीपकुमार मैनालीद्वारा लिखित गजल सङ्ग्रह ‘तुलसीको पात’ आज सार्वजनिक भएको छ । स्थायी घर दोलखा सुन्द्रावती भई हाल भक्तपुर निवासी मैनालीको सो सङ्ग्रहमा ८४ गजल सङ्गृहीत छन् ।

अनाममण्डलीले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले कृति विमोचन गर्दै नेपाल संसारकै लागि अध्ययनस्थल अर्थात् ‘संस्कृति विश्वविद्यालय’ र खुला सङ्ग्रहालय भएकाले नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धन गरी भावी पुस्तामा हस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

उनले १२३ जातजाति र १२५ भाषाभाषीको संस्कृति एकै ठाउँमा हेर्नका लागि सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने मन्त्रालयको योजना रहेको जानकारी गराए । साहित्यकार बुँद राना र रामबहादुर पहाडीले सरकारलाई संस्कृतिको जर्गेना गर्ने खालको ठोस काम गर्न आग्रह गरे । साहित्यकार प्रभाती किरणले गजलको सिद्धान्तको पालना गरे मात्र राम्रो गजल बन्छ भनेर गजलकारहरूलाई सजक बनाएका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर