newskoseli.Com

चीन प्रस्थान गर्‍यो नेपाली महिला फुटबल टोली

ओलम्पिकको एशियाली छनोट खेलमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रबार अपराह्न चीन प्रस्थान गरेको छ ।

चीनमा रहँदा नेपाली टोलीले तीन वटा मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ । टोलीमा २२ खेलाडी, २ प्रशिक्षक र २ अधिकृत चीन गएका छन् । हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र प्रशिक्षक हुन् भने दीर्घबहादुर केसी टोलीनेता तथा कमला हिराचन थकाली व्यवस्थापक हुन् ।

एन्फाद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ओलम्पिक छनोटको तयारीका लागि चीन भ्रमणमा जान लागेको महिला फुटबल टोलीलाई राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले शुभकामाना दिँदै बिदाइ गरे । नेपालले चीनमा रहँदा कात्तिक १२ र १४ मा बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा कात्तिक १३ मा बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोली कात्तिक १६ मा त्यतैबाट म्यानमा प्रस्थान गर्नेछ ।

ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले कात्तिक २२ मा भारतसँग, २५ मा म्यानमार र २७ मा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ओलम्पिक छनोटको तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको थियो ।

नेपाली टोलीको गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, रुपा राना मगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर