newskoseli.Com

मेलिना राईको ‘वैंशै बेइमानी’ सार्वजनिक (भिडियो सहित)

 

गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिनाकै अफिसियल युट्युब च्यानल मेलिना राईबाट ‘वैंशै बेइमानी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

नेपालीहरुको दोस्रो महान चाड तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत पुर्वेली मारुनी भाकामा तयार पारिएको छ । राजुबाबु श्रेष्ठको शब्द समावेश उक्त गीतमा राजनराज सिवाकोटीले संगीत भरेका छन् ।

राजनराजको संगीतमा मेलिनाले धेरै फिल्मको गीतमा स्वर दिएकी छिन् । तर, फिल्म बाहेकको गीतमा मेलिना र राजनराजको यो पहिलो सहकार्य हो । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका मेलिना राईले अभिनय गरेकि छन् । मेलिनाले पहिलो पटक भिडियोमा नृत्य प्रस्तुत गरेकी छिन् ।

अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा सुरेश काफ्लेले ड्रोन चलाएका छन् ।

हेर्नुहोस् भिडियो-

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर