newskoseli.Com

‘अप्पर’ र ‘उपल्लो’ खिम्तीको काम ७० प्रतिशत सकियो, ६ महिनाभित्रै उत्पादन सुरु

गोकुलगंगा गाउपालिका– १, गर्जाङमा निर्माणाधीन दुई वटा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

हिमालय ऊर्जा विकास कम्पनीद्वारा निर्माण भैरहेका ‘उपल्लो खिम्ती’ १२ मेगावाट र ‘अप्पर खिम्ती, दोस्रो’ ७ मेघावाट क्षमताका जलविद्युत् अयोजना हुन् । यी दुवैका कम ७० प्रतिशत सम्पन्न भैसकको छ । पावर हाउस निर्माण, पाइप लाइन बिछ्याउने, सर्च टैंक निर्माण गर्ने र अन्य संरचनाहरु तयार पर्ने काम अन्तिम चरणमा पुगेको छ । अबको ६ महिनाभित्रै विाद्युत् उत्पादन सुरु हुने बताइएको छ ।

करिब १ हजार ५ सय जना शेयर सदस्यहरुबाट प्राप्त रकम र विभिन्न ४ वटा बैकहरुबाट लिइएको ऋणसहित करिव ३ अर्ब १५ करोड रुपैयाँको आयोजना निर्माण भैरहेको हो । आयोजना ६ महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिने जानकारी कम्पनीका परियोजना व्यवस्थापक रमाकान्त गौरोले दिएका छन् ।

सञ्चालक समितिका सदस्य प्रा.डा. भीमप्रसाद न्यौपानेका अनुसार दुबै आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) यसअघि नै भैसकेको छ । १२ मेगावाट क्षमताको उपल्लो खिम्ती आयोजनाबाट सुख्खा याममा प्रतियुनिट ७ रुपैया र वर्षा याममा प्रतियुनिट ४ रुपैयाँम बिक्री गर्ने सम्झौता भएको छ । यस आयोजनाबाट वार्षिक ७ करोड ३६ लाख १२ हजार ५ सय उन्नाईस युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसका लागि १ अर्ब ४३ करोड ५० लाख ऋण रकम र शेयर सदस्यहरुबाट संकलित ४७ कारोड ९१ लाख १४ हाजार गरी कूल १ अर्ब ९१ करोड ४१ लाख १४ हजार रुपैयाँको लागत अनुमान गरिएको छ ।

त्यसैगरी, ७ मेगावाट क्षमताको अप्पर खिम्ती, दोस्रो आयोजनाबाट सुख्खा याममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षा याममा ४ रुपैयाँ ८० पैसामा विद्युत् बिक्री गर्ने सम्झौता भएको छ । यस आयोजनाबाट ४ करोड २२ लाख ९१ हजार २ सय ४८ युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसका लागि ९२ करोड ४० लाख ऋण रकम र ३० करोड ८२ लाख ६० हजार शेयर रकम गरी कूल १ अर्ब २३ करोड २२ लाख ६० हजार रुपैयाँको लागत अनुमान गरिएको छ ।

उक्त कम्पनीले दुबै आयोजनाका लागि कूल ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार रुपैयाँको लागत अनुुुमान गरेको छ । यसका लागि नबिल बैकको अगुवाइमा एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकसहितले कूल २ अर्ब ३५ करोड ९० लाख रुपैयाँ ऋण स्वीकृत गरेका छन् । ७८ करोड ७३ लाख ७४ हजार रुपैयाँ भने शेयर सदस्यमार्फत प्राप्त हुने अनुमान गरिएको छ । प्रतिशतमा हेर्दा ऋण रकम ७५ प्रतिशत र शेयर रकम २५ प्रतिशत हुन जान्छ ।

निर्माण सम्पन्न हुन लागेसँगै रामेछाप र दोलखाका प्रभावित क्षेत्रका स्थानीयहरुका लागि न्यूनतम ५ हजारदेखि अधिकतम ४ लाख ९० हजार रुपैयाँसम्मको शेयर खुला गरिएको जानकारी कम्पनीका सञ्चालक प्रा.डा. न्यौपानेले दिए ।

यी अयोजनाबाट विद्युत् उत्पादन सुरु भएसँगै सोही स्थानमा नेपाल सरकारको लगानीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको खिम्ती–गर्जाङ १३२ के.भी. प्रशारण लाइनको सब–स्टेसनमा जडान गरिने भएको छ । पिङ्गाओ ग्रुप अफ कम्पनी लिमिटेड, चाइनाले द्रुत गतिमा उक्त सब–स्टेसन निर्माणकार्य अघि बढाइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर