newskoseli.Com

कोही छुटे बाटैमा हिम्मत हारेर, कोही बिके दुस्मनको गोटी बनेर !

कहाँ झुकेको छ र वलिदानले भरिएको क्रान्तिको हाम्रो इतिहास
कहाँ लुकेको त र सहिदको रगतले सिँचिएको हाम्रो इतिहास

कोही छुटे बाटैमा हिम्मत हारेर, कोही बिके दुस्मनको गोटी बनेर
कोही छन् जनक्रान्तिको झन्डा नछाडेर, समाजवाद ल्याइछाड्ने हिम्मत नहारेर…

यी तीखा र तेजिला शब्द हुन् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता एवं चर्चित जनसंस्कृतिकर्मी चिरन पुनका । उनै पुनको रचना र संगीतमा दुई वटा क्रान्तिकारी गीतिएल्बम तयार हुँदैछन् । यसै क्रममा उनका आधा दर्जन गीतको त भिडियो नै सार्वजनिक भैसकेका छन् ।

‘चमचम गर्ने खुकुरी’ र ‘क्रान्तिकारी रातो झन्डा’ शीर्षकमा एकैसाथ दुई वटा नयाँ एल्बमको अन्तिम तयारीमा रहेका पुनका यी गीतहरु सौगात सायर, रमण थामी, निर्मला घिसिङ, अनिश योञ्जन, बबिता पाख्रिन, सुनिता थिङ, देवी बस्नेत, विमला विश्वकर्मा र सर्जक स्वयं चिरन पुनको स्वरलहरीमा सजिएका छन् ।

यी गीतहरुको एरेन्ज आशिष अविरल, सौगात सायर, बी.बी. अनुरागी, हेमराज आश्रम र नारायण दंगालले गरेका हुन् । ‘कहाँ झुकेको छ र’ शीर्षक यो गीत भने बबिता पाख्रिन र चिरन पुनको युगल स्वरलहरीमा स्वरांकित छ ।

नेपाली समाज र राजनीतिमा यतिबेला दुई धार छन्– एउटा, वर्तमान राज्य व्यवस्था र संविधानलाई स्वीकारेर यसैभित्रबाट ‘प्रगति र समृद्धि’ खोज्ने अनि अर्को, वर्तमान राज्य व्यवस्था र संविधानलाई पूर्णतः अस्वीकार गर्दै क्रान्तिमार्फत प्रगति र समृद्धि सम्भव देख्ने । यिनै दुई राजनीतिक धारमध्ये पछिल्लो अर्थात् क्रान्तिमार्फत प्रगति र समृद्धिको कामना गर्ने राजनीतिक दर्शन, मूल्य र मान्यतामा आधारित छन् सर्जक एवं नेता चिरनका यी प्रस्तुति । [217]

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर