newskoseli.Com

विप्लवको ‘महापतन’ : एकै कोणका बेग्लाबेग्लै दुई टिप्पणी

नेपालका एक चर्चित राजनीतिकर्मी अर्थात् नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को ‘महापतन’ नामक नयाँ कृति हालै बजारमा आएको छ । र, बौद्धिक एवं राजनीतिक वृत्तमा यस पुस्तकबारे गहन चर्चा, विश्लेषण र विमर्श सुरु भएको छ ।

यस कृतिबारे केही दिन अघि मात्र नेपाली माओवादी आन्दोलनका एक चर्चित बौद्धिक हस्ती डा. ऋषिराज बरालले पेचिलो टिप्पणी गरे । त्यसले बजारमा राम्रै क्रिया–प्रतिक्रिया सिर्जना गरिरहेकै बेला विप्लव नेतृत्वकै पार्टीका एक प्रभावशाली नेता एवं अर्का चर्चित लेखक–साहित्यकार अनिल विरहीको टिप्पणी प्रकाशित भएको छ ।

वर्तमान नेपाली राजनीतिक सन्दर्भलाई हेर्ने हो भने वास्तवमा डा. बराल र अनिल विरही दुवै जना एकै ध्रुव, विचार र राजनीतिक प्रवृत्तिका प्रतिनिधिपात्र हुन् । वर्तमान संविधान र राज्यव्यवस्थालाई यी दुवैले पूराका पूरा ‘खारेज’ गरेका छन्, नेपाली जनयुद्ध बीचैमा ‘तुहियो’ भन्नेमा यी दुवै सहमत छन् । तर, अब कसरी क्रान्ति अघि बढ्छ वा बढाइनुपर्छ भन्नेमा चाहिँ यी दुईबीच कहीं–कतै पनि वैचारिक मेल देखिँदैन ।

नेता विप्लवको यस कृति ‘महापतन’ को समीक्षाका सन्दर्भमा पनि यी दुईले एकै कोणबाट तर बेग्लाबेग्लै ‘रस’ निकालेका छन् । माओवादी आन्दोलनको विकासक्रमलाई बुझ्न चाहनेहरुका लागि यी दुवै रचना उत्तिकै पठनीय लाग्दछन् । त्यसैले हामीले यहाँ ती दुवैलाई एकैसाथ प्रस्तुत गरेका छौं– सम्पादक ।

मूल सामग्री पढ्न तलका दुई लिंक पालैपालो क्लिक गर्नुहोस्–

‘महापतन’ : नौरङ्गी अवसरवादका विरुद्ध जनकारबाही : अनिल विरही

‘महापतन’ भित्र मैले पाएको यथातथ्य : डा. ऋषिराज बराल

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर