newskoseli.Com

‘कृषि फ्रेस’ को यत्रो ठगी ? ‘अर्ग्यानिक’ भन्दै होलसेलमा किनेको तरकारी बिक्री

‘कृषि फ्रेस’ नामक कम्पनीले उपभोक्तालाई नराम्ररी ठगिरहेको रहस्य पर्दाफास भएको छ । उसले बल्खुस्थित होलसेलमा खरिद गरेको तरकारीलाई ‘अर्ग्यानिक’ भन्दै उपभोक्तामा बिक्री गरेर ठग्दै आएको पाइएको छ ।

आफ्नै फार्ममा ‘अर्ग्यानिक’ तरकारी उत्पादन गरेको दाबी गर्दै ‘कृषि फ्रेस’ ले उपभोक्तालाई बिक्री गर्दै आएको छ । उसले आफ्नो फार्ममा उत्पादन गरेका तरकारी भन्दै काठमाडौंका विभिन्न १४ पसल (आउटलेट) बाट गर्दै आइरहेको छ ।

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको ‘कृषि फ्रेस’ काठमाडौंमा ‘अर्ग्यानिक’ तरकारी उपलब्ध गराउने पसलका रुपमा विगत ९ वर्षदेखि परिचित छ । ‘कृषि फ्रेस’ ले बल्खुको तरकारी होलसेलमा खरिद गरेको सागपात उसको टीकाथलीस्थित फार्ममा पुर्‍याएर ‘प्याकेजिङ’ गरी ‘अर्ग्यानिक’ का नाममा बजरमा पठाउने गरेको तथ्य फेला परेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर