newskoseli.Com

आईपिएलको उपाधिका लागि बैंग्लोर र हैदरावाद भिड्ने

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार राति दिल्लीमा भएको दोस्रो क्वालिफायरमा गुजरात लाइन्सलाई चार विकेट हराएर हैदरावादले फाइनलमा स्थान बनाएको हो ।

गुजरातले प्रस्तुत् गरेको १ सय ६३ रनको लक्ष्य हैदरावादले १९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा भेट्यायो । हैदरावादको जितमा कप्तान डेबिड वार्नर नायक बने ।

उनले ८४ रन बनाउँदा ५ विकेट गुमाएको टिमको पारी सम्हालेर जित दिलाए । वार्नर ५८ बलमा ११ चौका र तीन छक्काको मद्दतमा ९३ रनमा नटआउट रहे ।

यस्तै मोइसिस हेनरिक्सले ६ बलमा ११ तथा नमन ओझाले ८ बलमा १० रन बनाए । गुजरातका डवेन ब्राभो र शिविल कौसिकले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले सात विकेटको क्षतिमा १ सय ६२ रन बनायो ।

उसका लागि एरोन फिन्चले ३२ बलमा ५०, ब्रेन्डम म्याकुलमले २९ बलमा ३२ तथा दिनेश कात्तिकले १९ बलमा २६ रन बनाए पनि हार टार्न सकेनन् ।

हैदरावादका भुवनेश्वर कुमार र बेन कटिङले दुई–दुई विकेट लिए । हारसँगै गुजरातले फाइनलमा पुग्ने दोस्रो मौकासमेत गुमायो ।

पहिलो क्वालिफायरमा पराजित भएर गुजरात एलिमिनेटरको विजेता हैदरावादसँग दोस्रो क्वालिफायर खेलेको थियो ।

पहिलो क्वालिफायरमा गुजरातलाई हराएको बैंग्लोर र दोस्रो क्वालिफायरको विजेता हैदरावादबीच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर