newskoseli.Com

जिका भाइरसका कारण ओलम्पिक खेल रद्द हुने संकेत

अनियन्त्रित बन्दै विकराल रुप लिँदै गएको जिका भाइरसका कारण ब्राजिलमा हुन लागेको ओलम्पिक खेल रद्द गर्न वैज्ञानिकहरुले सुझाएका छन् ।

विश्वका एक सयभन्दा बढी वरिष्ठ वैज्ञानिकले ब्राजिलको रियो शहरमा हुने ओलम्पिक रद्द गर्न वा स्थान परिवर्तन गर्न सुझाएका हुन् ।

विश्व स्वास्थ्य संगठनलाई पत्र लेख्दै वैज्ञानिकहरुले यस भाइरसबारे नयाँ तथ्य खुलिसकेपछि पनि भाइरसप्रभावित क्षेत्रमा ओलम्पिक खेल गराउनु अनैतिक हुने जिकीर गरेका हुन् ।

जीका भाइरसका बारेमा आफ्नो दिशा निर्देशकको पनि तत्काल परिवर्तन गर्न वैज्ञानिकहरुले डब्लूएचओसँग अपील गरेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक समितिले भने जीकाका कारण अब अर्को स्थानमा ओलम्पिक खेल गारउन सम्भव नहुने हालै प्रष्ट गरिसकेको छ ।

लामखुट्टेबाट संक्रमित हुने यस भाइरस ब्राजीलमा एक वर्ष पहिले फैलिएकोमा अहिले यो ६० भन्दा बढी देशमा फैलिसकेको छ ।

१५० वैज्ञानिक, चिकित्सक र मेडिकल क्षेत्रसँग सम्बन्धित व्यक्तिद्वारा हस्ताक्षरित चिठीमा जीकाकै कारण छोटो टाउको भएका बच्चा जन्मिरहेको वैज्ञानिकले जिकीर गरेका छन् ।

खेलका क्रममा पुग्ने विदेशी पर्यटकका साथसाथै खेलाडीहरु यस भाइरसको सम्पर्कमा पुगेर आफ्नो देश फर्केका ती देशमा पनि जीका फैलने त्रास वैज्ञानिकको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर