newskoseli.Com

भिडियो : गाउँ–गाउँबाट उठ, वस्ती–वस्तीबाट उठ !

नेपाली प्रगतिशील–जनवादी गीत–संगीतको इतिहास नै बनेका रामेश, रायन, जेबी टुहुरे, मणि थापालगायतले भर्खरै मात्र पनि एेतिहासिक गीत– ‘गाउँ–गाउँबाट उठ, वस्ती–वस्तीबाट उठ’ घन्काएका छन् । र, यो गीत १५ मंसिरमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक रूपले फेरि घन्काए ।

सो दिन प्रतिष्ठानको डबलीमा विश्वचर्चित अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी महोत्सव आयोजनना गरियो । सोही कार्यक्रममा प्रस्तुतिका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कोटेश्वर, पेसिसडाँडास्थित केन्द्रीय कार्यालयमा यी ऐतिहासिक स्रष्टा–हस्तीहरुले यो गीतसहित विभिन्न पुराना, चर्चित र ऐतिहासिक गीतहरुको ‘रिहर्सल’ गरिरहेका थिए ।

तलको भिडियोमा हेर्नोस्, रामेश, रायन, जेबी टुहुरे, मणि थापालगायतका स्रष्टाहरुले गरिरहेको ‘गाउँ–गाउँबाट उठ, वस्ती–वस्तीबाट उठ’ को ‘रिहर्सल’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर