newskoseli.Com

रोज सुनामीको ‘मरिलानु के नै छ र !’ (भिडियोसहित)

‘मरिलानु के नै छ र, दुईदिने जीवनमा
लैजाने मै हुँ तिमीलाई, यही मंसिरैमा
बगिजाने खोला हो जीवन,
कसैलाई पर्खंदैन
घरमै आउँछु माग्न तिमीलाई,
डर मान्नु पर्दैन….’

देवेश राईका यिनै शब्द र उनकै संगीत तथा रोज सुनामी राईको स्वरलहरीमा सजिएको गीतको श्रब्य–दृश्य (म्युजिक भिडियो) ले युट्युबमा क्रमशः प्रशंसा बटुल्दै गएको छ । वास्तविक जीवनमा आधारित भए झैं अनुभूति हुने शब्द र बीच–बीचमा मिसाइएको ‘साकेला’ लयका कारण यस गीतले दर्शक–श्रोतालाई आकर्षित गरिरहेको छ ।

सञ्जय लामाजेसुन लिम्बूले अभिनय गरेको यस गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक छ । दिनेश माङ्मुले निर्देशन गरेको म्युजिक भिडियोमा धरानकै सर्वाधिक मनोरम स्थलका रुपमा परिचित घोपाका दृश्यहरु समावेश छन् ।

७ वर्षअघि ‘पूर्वाञ्चल आइडल’ मा फाइनलसम्मको यात्रा तय गर्न सफल राईको यो गीतले उतिबेलै चर्चाले बटुलिसकेको थियो । सोही गीतलाई नयाँ ‘फ्लेबर’ दिएर यस गीतलाई ओएसआर डिजिटलले बजारमा ल्याएको हो ।

बाल्यकालदेखि नै गीत–संगीतप्रति असाध्यै झुकाव भएका गायक रोज सुनामी राईको जन्म संखुवासभामा भए पनि बाल्यकाल भने सुनसरीको बराहमा बित्यो । २५ वसन्त पार गरिसकेका उनी १६ वर्षको उमेरमै काठमाडौं भित्रिएका थिए । आफ्ना लागि धरानका सांगीतिक गुरु भोलाप्रसाद राई र रेडियो नेपालको साथ सधैं नै प्रेरणादायी रहेको गायक राईले न्युजकोसेलीलाई सुनाए ।

मंगोलियनसहित समग्र नेपाली संस्कृति उजागर गर्ने अठोटका साथ रोज संगीतपे्रमीहरुमाझ प्रकट भएका छन् । आफ्ना दुई वटा ‘सेन्टिमेन्टल’ र अरु दुई वटा पूर्वेली लोकभाकामा आधारित गीतहरु समेत रेकर्डिङकै प्रक्रियामा छन् । यस गीतलाई सुनेर तथा हेरेर आवश्यक सल्लाह–सुझाव दिन गायक राईले स्वदेश–विदेशमा रहेका श्रोता–दर्शकमा न्युजकोसेलीमार्फत अनुरोध गरेका छन् ।

हेर्नोस्, तलको भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर