newskoseli.Com

हामी पनि ‘सुपर कम्प्युटर’ युगमा ! के–कति क्षमताको र कस्तो हुन्छ ‘सुपर कम्प्युटर’ ?

मुलुक अब ‘सुपर कम्प्युटर’ युगमा प्रवेश गरेको छ ।

नेपालमा प्राज्ञिक उत्कृष्टताको अगुवाइ गरिरहेको काठमाडौं विश्वविद्यालय (केयू) ले भित्र्याएर काभ्रेको बनेपास्थित आर्इटी पार्कमा पहिलो पटक ‘सुपर कम्प्युटर’ जडान गरेसँगै नेपाल पनि ‘सुपर कम्प्युटर युग’ मा प्रवेश गरेको हो ।

के हो ‘सुपर कम्प्युटर’ ?

जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनसुन्धान प्रयोगशाला ‘युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स’ ले केयूलाई यो ‘सुपर कम्प्युटर’, नेटवर्क स्विच र अरु केही यन्त्रहरू उपलब्ध गराएको हो । साढे ७ टेराबाइट (टीबी) र्‍याम, सोही अनुसारको प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट (पीबी) स्टोरेज क्षमता भएको ‘सुपर कम्प्युटर’ अहिले जताततै चलाइराखिएका सामान्य कम्प्युटरभन्दा कयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्न सक्ने क्षमताको छ ।

समानान्तर प्रोसेसिङ (प्यारलल प्रोसेसिङ) गर्ने ‘सुपर कम्प्युटर’ ले एकैसाथ धेरै प्रकारका इनपुट लिने, स्टोरेज गर्ने, प्रोसेसिङ गर्ने तथा आउटपुट दिने काम गर्दछ । तीव्र गणना र विशाल संग्रह क्षमता भएको हुनाले ‘सुपर कम्प्युटर’ धेर क्षेत्रको अनसुन्धानमा उपयोगी हुन्छ ।

साधारण कम्प्युटरले भन्दा हजारौं गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारीले बताएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर