newskoseli.Com

चन्द्रमाको पल्लो छेउमा पहिलो पटक यान, चीनलाई नासाको बधाई

चिनियाँ यान पहिलो पटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ ।

चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई– ४ नामक यान अवतरणको औपचारिक घोषणा गरेको हो ।

यान पृथ्वीबाट टाढा पर्ने पल्लो छेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको उल्लेख गरेको छ । पृथ्वीबाट चन्द्रमाको एउटा छेउ मात्र देखिन्छ । पृथ्वीबाट नदेखिने क्षेत्रलाई ‘अन्धकार क्षेत्र’ भनिन्छ । नासाको एपोलो मिसन अन्तर्गतको यान पृथ्वीबाट देखिने क्षेत्रमा अवतरण गरेको थियो ।

यसअघि चन्द्रमामा पुगेका यानले पृथ्वीको पल्लो क्षेत्रको अवलोकन मात्र गरेका थिए तर अवतरण गरेका थिएनन् । पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो छेउको सतहमा पहिलो पटक यान अवतरण हुनुलाई विश्वभरका वैज्ञानिक र विज्ञानसँग सम्बन्धित संघ–संस्थाले विज्ञानका क्षेत्रमा विशेष उपलब्धि भनेका छन् ।

चिनियाँ यान अवतरणप्रति अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ट्विटमार्फत बधाई दिँदै भनेको छ– ‘यो मानवताका लागि नयाँ र प्रभावकारी सफलता हो ।’ विज्ञानिक अन्वेषणमा नयाँ उपलब्धिको यो खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर