newskoseli.Com

त्रिशूली विद्युतगृहमा आगलागी, बन्द उत्पादन केन्द्र खुलाउन मर्मत सुरु

नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादनगृहमा बुधबार साँझ आगलागी हुँदा क्षति पुगेको छ । आगोले पुर्‍याएको क्षतिपछि बिहीबारदेखि नै मर्मत थालिएको छ ।

मर्मतका लागि जिल्लामा रहेका र केन्द्रबाट आएका समेत गरी १८ जना प्राविधिकको टोली मर्मत तथा हाल बन्द रहेको केन्द्र सञ्चालनमा खटेको छ । उनीहरुलाई सहायकस्तरका कर्मचारीले पनि सहयोग पुर्‍याइरहेको जानकारी केन्द्रका प्रमुख तारादत्त भट्टले दिएका छन् ।

भट्टका अनुसार उत्पादनगृहमा आगोले पुर्‍याएको क्षतिको पूर्ण रुपमा मर्मत गर्न करिव एक साता लाग्ने देखिएको छ । ‘प्राविधिकले काम सुरु गरिसकेकाले मर्मतकार्यलाई तीव्र बनाएका छौं,’ भट्टले भने– ‘आगोले क्षति पुगेको ब्रेकरको मर्मत गरी बन्द रहेको केन्द्र सञ्चालनका लागि प्राविधिकको टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।’

आगलागीपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र सोही केन्द्रको सहायक योेजनाका रुपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द छ । त्रिशूली उत्पादनगृहबाट उत्पादित विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर लागेको आगोले ब्रेकर नम्बर ६ मा रहेको ६ दशमलव ६ केभीको जेनरेटर जलेर क्षति भएको खबर राससले सम्प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर