newskoseli.Com

लौ हेर्नोस् चर्चित हास्यकलाकार सुबोधको चोटिलो व्यंग्य–श्रृंखला (भिडियोसहित)

चर्चित हास्यकलाकार सुबोध गौतको प्रशिद्ध भिडियो–हास्यश्रृंखला ‘हाँस्ने घर’ को १३औं श्रृंखला हालै मात्र युट्युबमा सार्वजनिक भएको छ ।

नेपाली समाज, राजनीति, शिक्षा, कला–साहित्य, अर्थतन्त्रलगायतका विषयमा सर्वत्र व्याप्त भ्रष्टाचार, अनियमितता, कमिसनखोरी, घुसखोरी आदि विकृति–विसंगतिमाथि निष्पक्ष ढंगले कलात्मक तवरमा प्रहार गर्नु कलाकार गौतमको विशेषता रहिआएको छ ।

अत्यन्तै निखारिएको कला, जनजिब्रोमै झुन्डिएको ठेट भाषाशैली र मुख्यतः स्वतन्त्र र निष्पक्ष एवं सन्तुलित विष्यवस्तुका कारण युवाकलाकार सुबोध छोटो अवधिमै निकै चर्चित र स्थापित बन्न सफल भएका छन् । समयसामयिक विषयवस्तुमा आधारित सुबोधका ‘हाँस्ने घर’ लगायतका अरू सयौं प्रस्तुतिहरू समेत युट्युबमा निकै ‘हिट’ हुने गरेका छन् ।

देशभरका विभिन्न स्थानमा घुमेर बारम्बर ‘स्टेज पर्फर्मेन्स’ गरिरहने सुबोधका ‘लाइभ–सो’ हरूलार्इ दर्शक– श्रोताले झन् बढी रूचाएको देखिन्छ । उनका त्यस्ता कार्यक्रमहरूलार्इ मोबाइल वा सामान्य क्यामराले खिँचेर सम्पादनविनै विभिन्न युट्युब च्यानलहरूमा ‘अपलोड’ गर्नेहरुमध्ये कतिपयले समेत राम्रै आर्जन गरेको पाइन्छ । आफ्नो परिश्रम–पसिनालाई त्यसरी अनधिकृत तवरमा बिक्री नगर्न कलाकार सुबोधले सम्बन्धितहरुसँग अनुरोध समेत गर्दै आएका छन् ।

सुरुमा सुबोधको एकल प्रस्तुतिको शैलीमा अगाडि बढाइएको ‘हाँस्ने घर’ मा केही ‘एपिसोड’ यता यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, नवराज उप्रेती आदि कलाकारहरु समेतको भूमिका थपिएको छ ।

‘हाँस्ने घर’ अन्तर्गत अहिले ‘साताको गनगन्’, ‘आइडिया सेन्टर’ लगायतका विभिन्न ‘सेगमेन्ट’ हरु समायोजित हुने गरेका छन् । ‘हास्ने घर’ र ‘आइडिया सेन्टर’ विभिन्न फरक–फरक च्यानलबाट छुट्टाछुट्टै प्रस्तुत गरिँदै आएकोमा अहिले भने एउटै कार्यक्रममा समायोजन गरिएको छ ।

एक्सन फिल्मस प्रा.लि. ले निर्माण गर्दै आएको ‘हाँस्ने घर’ मा सुबोध गौतम, राजु भुजेल, यादव देवकोटा, युवराज खत्री, नवराज उप्रेती, रेशम प्रधान आदिको सहकार्य रहेको बताइन्छ । यसका निर्देशक एवं प्रस्तोता सुबोध हुन् भने युवराज खत्रीले सम्पादन गर्ने गरेका छन् ।

रमाइलो यो प्रस्तुति हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर