newskoseli.Com

आईसीसीको नयाँ वरियता : पारस र सोमपाल उक्ले एक स्थान माथि, वसन्त रेग्मी यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी– २० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का र सोमपाल कामीको वरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मीको स्थान यथावत रहेको छ ।

आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ वरियताको ब्याटिङतर्फ शीर्ष सयभित्र परेका कप्तान पारसको वरियता एक स्थान सुधार हुँदै ९६औं स्थानमा पुगे छ । अघिल्लो महिना पारस ९७औं स्थानमा थिए ।

यसैगरी, बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र पर्न सफल भएका छन् । वसन्त ३९७ अङ्क प्राप्त गर्दै ७४औं र ३३८ अङ्क जोडेका सोमपाल ९३औं स्थानमा पुगेका छन् ।

अघिल्लो महिना वसन्त ७४औं स्थानमै थिए भने सोमपाल ९४औं स्थानमा थिए । सोमपालले पनि एक स्थान सुधार गर्न सफल भएका छन् । कप्तान पारस अलराउन्डरतर्फ यथावत रहेका छन् । शीर्ष ५० भित्र अटाएका पारसले ६८ अङ्कसहित ४२औं स्थानमा रहेका छन् । अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी पनि शीर्ष १०० भित्र परेका छन् । सोमपाल ४२ अङ्कसहित ६४औं स्थानमा रहेका छन् ।

आईसीसीको टी– २० ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, अष्ट्रेलियाका आरोन फिन्च तेस्रो, वेष्टइण्डिजका इभान लेविस चौथो र पाकिस्तानका फकर जमान पाँचौं स्थानमा छन् ।

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहँदा पाकिस्तानका शदाब खान दोस्रो, भारतका कुलदीप यादव तेस्रो, न्युजिल्यान्डका इश सोधी चौथो र इंग्ल्यान्डका आदील राशिद पाँचौं स्थानमा छन् ।

अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहँदा बंगलादेशका शाकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, बंगलादेशका मोहमद महुदुल्लाह चौथो र श्रीलंकाका थिसरा परेरा पाँचौं स्थानमा छन् ।

अघिल्लो वर्ष नेपालले एकदिवसीय मान्यता पाएसँगै गत साउनमा पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेपछि नेपाली खेलाडी वरियतामा समावेश भएको खबर राससले सम्प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर