newskoseli.Com

संसारकै सबैभन्दा ठूलो जिउ भएका रोली विंकलार नेपाल आउँदै

‘द विष्ट’ को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विंकलार पहिलो पटक नेपाल आउने भएका छन् ।

नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आर्इएफबीबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप– २०१९ को प्रो क्वालिफायरका लागि विंकलार फागुन २ मा काठमाडौं आउन लागेको आयोजक आर्इएफबीबी लिग नेपालका प्रमुख एवं पूर्वखेलाडी सानु गुरुङले जानकारी दिए ।

बडीबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्क पर्छ र त्यसका लागि प्रो कार्ड लिनु अनिवार्य हुन्छ । ‘फुटबलका लागि वर्ल्डकप क्वालिफायरजस्तै मिस्टर ओलम्पियाका लागि पनि यो क्वालिफायर हो, प्रो कार्डविना मिस्टर ओलम्पियामा भाग लिन पाइँदैन’– गुरुङले भने ।

त्यसैका लागि तीन पटकका मिस्टर नेपाल र दुई पटकका धर्मश्री च्याम्पियन सानु गुरुङले आर्इएफबीबीको फ्रेन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गर्न लागेका हुन् ।

फागुन ३–४ मा प्रज्ञा भवनमा आयोजना हुने ‘प्रो क्वालिफायर’ मा अतिथिका रुपमा विंकलार काठमाडौं आउन लागेका हुन् । विङ्लार बडीबिल्डिङमा सबैभन्दा बढी खोजिने पात्र हुन् । उनको इन्स्टाग्राममा मात्र १२ लाख र फेसबुकमा एक लाखभन्दा बढी ‘फलोअर्स’ छन् । विंकलारको पाखुरा मात्र २४ इञ्चको छ । नेदरल्यान्डमा जन्मिए पनि आफ्नो व्यावसायिक खेल जीवनका कारण उनी अमेरिकामा बसोवास गर्छन् ।

विंकलारले एक भिडियो सन्देश जारी गर्दै आफू नेपाल आउन लागेको बताएका छन् । नेपालमा आयोजना हुने ‘प्रो क्वालिफायर’ मा भाग लिने सबै खेलाडीसँग छिट्टै भेट हुने पनि भिडियो सन्देशमा उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर