newskoseli.Com

यसरी गर्नोस् आफ्नो मोबाइलको सुरक्षा…

आजकल प्रायः मानिस व्यस्त छन् । कतिपयको व्यस्तता यति चर्को छ कि बिहान सबेरैदेखि राति अबेरसम्म कामैकाम हुन्छ ।

यस्तो जीवनशैलीले राम्ररी मोबाइल चार्ज गर्न पनि पाइँदैन या पाइए पनि आवश्यक समयसम्म टिक्दैन । अझ, तपाईंको मोबाइलको ब्याट्री कमजोर छ वा समय नभएका कारण रातभर मोबाइल चार्ज गरेर छाड्ने गर्नुहुन्छ । यदि यसो हो भने यी कठिनाइबाट यसरी छुटकारा पाउन सकिन्छ–

अहिले देशमा लोडसेडिङ छैन त्यसैले तपाईंलाई मोबाइल राम्रोसँग चार्ज गर्न समस्या छैन । यसो भनेर मोबाइल धेरैबेर चार्ज नगर्नुहोस् । मोबाइल सामान्यतया तीन घन्टा चार्ज गर्दा हुन्छ ।

लोडसेडिङ हुँदा पावर बैंकबाट मोबाइल बढी चार्ज गर्ने प्रचलन थियो, यसो गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना हुन्छ ।

चार्ज गर्दा जहिले पनि मोबाइल खरिद गर्दा लिएको चार्जर नै प्रयोग गर्नुपर्छ । या भनौं, उही कम्पनीका चार्जर प्रयोग गर्दा ब्याट्री लामो समयसम्म टिक्छ ।

मोबाइल खरिद गरेको एक वर्षसम्म कम्पनीकै जिम्मामा हुन्छ । या भनौं, ब्याट्री र चार्जरको वारेन्टी नै हुन्छ । बरु मोबाइललाई पानीबाट भने जोगाउनुपर्छ । पानीबाट नजोगिँदा ब्याट्री मात्र होइन, मोबाइल नै बिग्रने डर हुन्छ । मोबाइलको सुरक्षित प्रयोगसम्बन्धी यो टिप्स आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर