newskoseli.Com

५ वर्षमा ११ अर्बको विषादि आयात

सरकाले अर्ग्यानिक खेतीलाई व्यावसायीकरण गर्ने लक्ष्य राखे पनि वर्सेनि अर्बौं रुपैयाँको विषादि आयात भएको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्याङ्कअनुसार ५ वर्षको अवधिमा करिव ११ अर्ब रुपैयाँको विषादि आयात भएको छ ।

जलवायु परिवर्तनले नयाँ कीराहरु देखिने, विगतका वर्षमा छरिएको विषादिले कीराहरुमा विषादि पचाउन क्षमता बढ्नेलगायका कारणले आयात बढेको जानकारहरु बताउँछन् ।

प्लान्ट क्वारेन्टाइन एवं विषादि व्यवस्थापन केन्द्रका अनुसार विषादि मुख्यतः भारत, चीन, जर्मनलगायतबाट आयात हुन्छ । ती विषादि कृषि, घरायसी र स्वास्थ्य क्षेत्रका लागि आयात हुन्छन् । आयातीतमध्ये सबैभन्दा बढी कृषि क्षेत्रकै लागि आयात भएको प्लान्ट क्वारेन्टाइन एवं विषादि व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत परशुराम अधिकारीले बताएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर