newskoseli.Com

(भिडियो) पञ्चेबाजाको मज्जा लिनुहोस् : खासमा के हो पञ्चेबाजा ?

पञ्चेबाजा (पञ्चै बाजा वा पञ्चबाजा) नेपाली समाजको लोकप्रिय परम्परागत लोकबाजाहरुको समष्टि हो । नामबाटै थाहा हुन्छ कि पञ्चेबाजा भनेको पाँच बाजाहरूको समूह हो । पञ्चेबाजामा दमाहा, झ्याली (झ्याम्टा), ट्याम्को, ढोलक र सहनाईं पर्दछन् ।

पञ्चेबाजा समग्र नेपालभरि र विशेषतः पहाडी भेग तथा भारतको सिक्किम तथा दार्जीलिङमा अत्यधिक प्रचलित छ । पञ्चे बाजालाई शुभमंगलको परिचायक मानिन्छ । नेपाली धार्मिक एवम् सांस्कृतिक बाजाका रुपमा प्रयोग हुँदै आएको पञ्चेबाजा मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवका बेला बजाउने गरिन्छ । विवाह, ब्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजाआजा आदिमा पञ्चेबाजा बजाइए तापनि यो विशेषतः विवाहकै पर्यायवाची बन्दै आएको छ ।

समाज र संस्कृतिका अरु क्षेत्रमा जस्तै विवाह–परम्परा र पञ्चेबाजामाथि पनि विदेशी हैकम र सांस्कृतिक प्रदूषण दिनानुदिन बढिरहेको छ । यसैको फलस्वरुप अहिले सहरी क्षेत्रका विवाहहरुमा पञ्चेबाजाको सट्टा विदेशी आयातीत कथित ब्यान्ड बाजा (आर्केस्ट्रा) को प्रचलन बढ्दै गएको छ । पञ्चेबाजाको मौलिकता, सुमधुरता, ऐतिहासिकता र जनमनसम्म भिजेको आत्मीयतालाई कथित ब्यान्ड बाजा (आर्केस्ट्रा) ले कुनै हिसाबमा पनि प्रतिस्पर्धा गर्न र तुलनायोग्य ढंगबाट आफूलार्इ उम्याउन सकेको पाइँदैन ।

भिडियोमा हेर्नोस् पञ्चेबाजाको मौलिकता–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर