newskoseli.Com

सामाजिक सञ्जाल सञ्चालकप्रति सरकार ‘सतर्क’, जुनसुकै बेला बन्द गर्ने चेतावनी !

सामाजिक सञ्जालको ‘सदुपयोगभन्दा दुरुपयोग व्यापक’ हुन थालेपछि यसका सञ्चालकप्रति सरकार ‘सतर्क’ हुन थालेको छ ।

यसरी ‘सजग’ भएर सरकारले अब उप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ । सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी चलाए सरकारले जुनकुनै बेला पनि रोक लगाउन सक्नेछ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा तयार पारिएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को दफा ५६ मा प्रत्येक सरकारी निकाय र सार्वजनिक संस्थाले वेबसाइट सञ्चालन गर्नुपर्ने र वेबसाइटको सञ्चालन, डिजाइन र विकाससम्बन्धी मापदण्ड मन्त्रालयले तोकबमोजिम हुने उल्लेख रहेको खबर गंगा बरालको बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर