newskoseli.Com

प्रियंका र आयुष्मान ‘महाअभियानकर्मी’ नियुक्त !

चलचित्र क्षेत्रका कलाकारद्वय प्रियंका कार्की र आयुष्मान देशराज जोशी ‘स्वच्छ वातावरण महाअभियान’ को अभियानकर्मी नियुक्त भएका छन् ।

वन तथा वातावरण मन्त्रालयको फागुन ७ को मन्त्रीस्तरीय निर्णयले उनीहरूलाई अभियानकर्मी नियुक्त गरेको बताइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो ।

सामाजिक काममा योगदान पुर्‍याउने उद्देश्यका साथ केही साताअघि मात्र ‘आयङ्का फाउन्डेसन’ नामक संस्था दर्ता गरेका उनीहरूले उक्त महाअभियानको अभियानकर्मीका रुपमा आफूलाई पाउँदा खुशी लागेको बताउँदै दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर