newskoseli.Com

‘ग्रीन बुक’ ले जित्यो ‘ओस्कार अवार्ड’

नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र ‘ग्रीन बुक’ ले यस वर्षको ‘ओस्कार स्वर्णपदक’ जितेको छ ।

सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एक जना गोरा ड्राइभर र काला जातिका पियानोवादक बीचको प्रेममय सम्बन्धलाई यस चलचित्रले कथावस्तुमा समेटेको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र ‘रोमा’ लाई पछि पार्दै ‘ग्रीन बुक’ ले ‘ओस्कार अवार्ड’ हासिल गरेको हो ।

‘ग्रीन बुक’ मा पियानोवादकको भूमिकामा रहेका माहेरशाला अलिले उत्कृष्ट सहयोगी पात्र तथा ड्राइभरको भूमिका निर्वाह गर्ने भिग्गो मोर्टसेनले उत्कृष्ट नायकको पुरस्कार पाए । यस चलचित्रले पाँच वटा विधामा पुरस्कार प्राप्त गरेको थियो ।

‘यो चलचित्रको पूरै कथावस्तु प्रेमसँग जोडिएको छ । हामीबीच मतान्तर रहे पनि यसमा एक–अर्काप्रति स्नेहभाव छ र हामी को हौं भन्ने सत्य उदघाटित छ त्यसैले हामी सबै एक हौं’– हलिउडमा आयोजित पुरस्कार वितरण समारोहमा निर्देशक पिटर फारेलीले बताए ।

कथामा समेटिएका शर्ले र लिप दुबै असाध्यै मिल्ने साथी थिए र उनीहरु दुवैको सन् २०१३ मा निधन भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर