newskoseli.Com

१६ वर्षीय युवकको आविष्कार : माउबिनै चल्ला कोरल्ने प्रविधि !

कुखुराले मात्र अण्डा काड्छ र चल्ला कोरल्छ भन्ने मान्यतालाई तोड्दै रुपन्देहीका एक युवकले नयाँ प्रविधि अपनाएर माउविनै चल्ला उत्पादन गरेका छन् ।

भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा १० कक्षामा अध्ययनरत १६ वर्षीया ऋषिकुमार गुप्ताले विद्युतीय उपकरणको प्रयोग गरेर चल्ला कोरल्ने प्रविधिको विकास गरेका हुन् ।

गुप्ता आफैंले निर्माण गरेको उपकरण प्रयोग गरेर अण्डाबाट चल्ला निकाल्न सफल भएका हुन् । यसका लागि उनले स्याउका कार्टुनको प्रयोग गरेका छन् । उक्त कार्टुनको चारैतिर थर्माकोल लगाएर दुई भागमा विभाजन गरिएको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर