newskoseli.Com

३२ अर्ब लगानीमा २, ३ र गण्डकी प्रदेशमा ‘मोडल गाई फर्म’ खुल्दै

चीन सरकाको अनुदान र ऋण गरी ३२ अर्ब रूपैयाँको लगानीमा प्रदेश २, ३ र गण्डकीमा ‘मोडल गाई फर्म’ स्थापना हुने भएका छन् ।

प्रदेश– ३ र गण्डकी सरकारसँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ । प्रदेश– २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ । सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार सञ्चालन हुने फर्मबाट दूध तथा दूग्धजन्य पदार्थ, दाना र मल उद्योग समेत स्थापना गरिनेछ ।

चीनको ‘चाइना एकेडमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स (सीएएएमएस)’ र ‘चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी’ ले डेरी विकासबाट ग्रामीण गरिबी निवारण गर्ने भन्दै विभिन्न प्रदेशमा फर्म सस्ञ्चालन गर्न लागेका हुन् ।

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिव शरदचन्द्र श्रेष्ठ र सीएएएमएसीका प्रमुख इन्जिनियर वु देछेङले शुक्रबार फर्म सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको खबर लालप्रसाद शर्माप्रताप विष्टको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर