newskoseli.Com

‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ को कमाल : एकै दिनमा उठ्यो ५ लाख रुपैयाँ

नेपाल चेम्बर अफ कमर्सले दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा ५ लाख रूपैयाँभन्दा बढीको टिकट बिक्री भएको छ ।

फागुन १७ देखि सुरु भएको उक्त महोत्सवमा शनिबार एकै दिनमा महोत्सवस्थल भरिभराउ भएपछि आयोजकले केही समयका लागि टिकट बिक्रीमा समेत रोक लगाएका थिए । महोत्सवको आकर्षणका रुपमा रहेका रमेशराज भट्टराईलाई हेर्न हजारौं दर्शक महोत्सवस्थल पुगेका थिए । भट्टराईले ‘बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई’ भन्ने बोलको गीत गाउँदा महोत्सवस्थल पूरै रमेको थियो ।

त्यस्तै, नेपाली हास्य टेलिशृङ्खलाका कलाकार जिग्री र पाँडे पनि अतिथि कालाकारका रुपमा कर्यक्रममा सहभागी भएका थिए । जिग्री र पाँडेले दर्शकलाई हँसाउनुका साथै नचाएका पनि थिए । महोत्सव आयोजकका अनुसार ८ दिनमै करिव १५ लाख रूपैयाँको टिकट बिक्री भएको छ ।

महोत्सव क्षेत्रमा आयोजकले सञ्चालन गरेको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरबाट हालसम्म ५ सयभन्दा बढी बिरामीले सेवा लिएका र ८० भन्दा बढीले निःशुल्क चश्मा पाएको आयोजक चेम्बरका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए । उनका अनुसार आँखाका ३० भन्दा बढी बिरामीको शल्यक्रियाका लागि जिल्ला बाहिर सिफारिस गरिएको छ ।

त्यस्तै, सीतारम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय खेलमैदानका लागि करिव १३ हजार समेत सङ्कलन भएको उक्त संस्थाका कार्यालय प्रमुख गौतम रोकायाले जानकारी दिए ।

महोत्सव फागुन २७ सम्म सञ्चालन हुनेछ । महोत्सव अवलोकनका लागि छिमेकी जिल्ला कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा तथा बैतडीका बासिन्दा पनि आएको चेम्बरका प्रेस सल्लाहकार रोजेन्द्र जोशीले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर