newskoseli.Com

गाईभैंसीको कानमा ‘विद्युतीय ट्यागिङ उपकरण’ जडान गरिँदै !

काठमाडौं महानगरपालिका छेउछाउका गाउँपालिका तथा नगरपालिका हुँदै काठमाडौं महानगरका सडकमा आइपुग्ने छाडा चौपायालाई नियन्त्रण गर्न महानगरपालिकाले गाईभैंसीको कानमा ‘विद्युतीय ट्यागिङ उपकरण’ जडान गर्ने भएको छ ।

चालु आर्थिक वर्षमा मात्र महानगरपालिकाले ९९ वटा गाईगोरु र बहर पक्रेर लिलाम गरेको थियो । लिलामबाट जम्मा २ हजार ७ सय रुपियाँ मात्र राजस्व उठेको छ । छाडा गाईवस्तु पक्रनु र व्यवस्थापन गर्नु निकै खर्चिलो भए पनि लिलामीबाट लागत पनि उठ्न सक्दैन । उपकरण जडान गरिएपछि महानगरका सडक अवरुद्ध गर्ने गरी आइपुगेका चौपायाको धनी को हो भन्ने कुरा सजिलै पत्ता लगार्इ दण्ड–जरिवाना गर्न सकिने र यस्ता चौपायाको व्यवस्थापन सहज रुपमा हुने आशा महानगरपालिकाले गरेको छ ।

छाडा चौपायालाई संरक्षण गर्दै आएको स्नेहा केयर (नख्खु) की प्रमुख स्नेहा श्रेष्ठका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले फागुन २२ मा सडकका छाडा चौपायालाई अन्नपानी र दानाको व्यवस्था गरेर संरक्षण गर्नू भनी सरकारका नाममा परमादेश जारी भएको खबर बुधबारको सरोज आचार्यको बाइलाइनमा गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर